
काठमाडौं, ४ साउन । उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा माओवादी अध्यक्ष प्रचण्डवीच भेटवार्ता भएको छ । शुक्रबार विहान भएको भेटमा वार्ताका लागि प्रचण्डले वैद्यलाई लेखेको पत्राचारको आशयबारे कुराकानी भएको स्रोतले बतायो ।
चुनावी प्रक्रियामा आउन नमानिरहेका दलहरुलाई प्रमुख चार दलका तर्फवाट उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजकका हैसियतले प्रचण्डले यसअघि नै वार्तामा आउन आहृवान गर्दै वैद्यलाई औपचारिक रुपमा पत्राचार गर्नु भएको थियो । तर वैद्य नेतृत्वको नेकपा-माओवादीले भने सर्तसहित पत्र पठाएकोमा आपत्ति जनाउदै सर्तसहित वार्तामा नबस्ने वताइसकेको छ ।-Onlinekhabar