२०७० मंसिर २८ गते
तलका तस्वीहरु अविश्वनीय क्षणको तस्वीर हो, जसमा गोही जस्तो हिंस्रक प्राणीबाट बच्न हरिण उफ्रिरहेको छ । यो तस्वीर साउथ लुंगपा नेशनल पार्कको हो । एक हात्तीले पानी पाउन नदीतर्फ गइरहेको हरिणलाई रोक्ने प्रयास गरेको थियो । तर, तिर्खाएको हरिण रोकिएन । हत्तारिदै पानी पिउन नदीको छेउ पुगेको हरिणहरु गोहीको मुखमा पुगिन्छ भनेर कल्पनासमेत गरेका थिएन ।
तर, एक्कासी हरिणको खुट्टा गोहीले टोकेपछि जे भयो त्यो अविश्वसनीय र अकल्पनीय छ । आफ्नो पत्नीसँग पार्कमा घुम्न गएका फोटोग्राफर रोब ब्रुक्सले त्यो घटनालाई आफ्नो क्यामेरामा कैद गरेका छन् ।
उनका अनुसार पानी नजिकै रहेको एक हात्तीले हरिणहरुलाई रोक्ने प्रयास गरेको थियो । केही बेर रोकिएको हरिणले पानीमा कुनै खतरा देखेन् र हात्ती अर्कोतिर मोडिएको मौकामा हरिणहरु पानी छेउँ पुगे । पानीमा रहेको गोहीले हरिणले चालै नपाउने गरी झम्टियो र एउटा हरिणको खुट्टा भेट्टायो । तर, भएभरको बल निकालेर उफि्रएको हरिण गोलीको मुखबाट आफ्नो खुट्टा निकाल्न सफल भयो ।
स्थानीय गाइडका अनुसार गोहीले पहिले पनि यसरी नै आक्रमणको प्रयास गर्ने गरेको थियो । ब्रुक्सका अनुसार अनौठो त के भयो भने घटनाको केहीबेरमा फेरि केही हरिण सोही स्थानमा पानी पिउन पुगे । गोहीले आक्रमणको प्रयास नगरेको पनि होइन तर, सफल भएन ।