इन्डियन आइडल सन्दीपको निधन





२०७० पुष १ गते
इन्डियन आइडल तथा भारतीय गायक सन्दीप आचार्यको निधन भएको छ । रियालिटी शो ‘इन्डियन आइडल’को दोस्रो सिजनका विजेता आचार्यको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
जन्डिसबाट पीडित आचार्यको गुडगावको एक अस्पतालमा उपचार भइरहेको थियो ।
राजस्थानका स्थानीयबासी रहेका आचार्य एक आफन्तको बिहेमा सहभागि भएपछि बिरामी भएका थिए । उनलाई नयाँ दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो ।
सन् २००६ को अपि्रल २२ मा इन्डियन आइडल बनेका सन्दीपले विभिन्न टिभी शो मा भाग लिएका थिए । सन्दीपले अमेरिकामा बलिउड नवप्रतिभाको अवाड पनि पाएका थिए ।
उनको निधनप्रति भारतीय गायक, गायिका तथा संगीतकारहरुले शोक व्यक्त गरेका छन् ।