
सुनसरी, १८ वैशाख । अनैतिक कार्यमा सम्लग्न भएको आरोपमा इटहरीका विभिन्न होटलबाट प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार इटहरी ८ को संगिता होटलबाट आपत्ति जनक अवस्थामा दुई जोडीलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सिमरीयाका एक १९ वर्षीया र २० वर्षीया दुई युवती र भारत बंगाल घर भएका तुफान शेख र अलाउदेन शेख आपत्ति जनक अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका चारैजनाका विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विद्यानन्द माझीले बताए ।
इटहरीको पेरिस होटलबाट केहिदिन अगाडी आपत्तिजनक अवस्थामा रहेका पाँचजनालाई पक्राउ गरि सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा चलाइएको प्रहरीले बताएको छ । पक्राउ परेका मोरङकी २५ वर्षीया संगिता राई, झापाकी २६ वर्षीया जिना लिम्बु, बाँके कोहलपुरकी २२ वर्षीया पुजा शाह, सुनसरीकी १८ वर्षीया अनिता तामाङ र विराटनगर २१ का रोशन अन्सारीलाई आपत्ति जनक अवस्थामा भेटिएकाले मुद्धा चलाइएको डिएसपी माझीले बताए ।
पेरिस होटलमा युवतीसंग भेटिएका अन्य तीन पुरुष भाग्न सफल भएको माझीले बताए ।