
सबै देशहरुमा वेश्यावृत्ति र यौनकर्मलाई कानूनी मान्यता दिइएको छैन । वेश्यावृत्ति र यौनकर्मका लागी कानूनी मान्यता पाएको चेक रिपब्लिकको राजधानी प्रागस्थित बिग सिस्टर इलाका एउटा यस्तो विचित्र वेश्यालय छ, जुन आफ्नो अनौठो पहिचानले विश्वभर प्रख्यात छ । यो वेश्यालयमा चेक तथा स्लोभाकियाली यौनकर्मी महिलाहरुले ग्राहकलाई सित्तैमा यौनक्रिडाको सेवा प्रदान गर्छन् । यहाँका यौनकर्मी महिलाहरुसँग बिना पैसा सेक्स गर्न पाइन्छ तर त्यसका लागि एक अनौठो सम्झौता गर्नुपर्छ । त्यहाँ महिलाहरुको साथ सित्तैमा सेक्स गरेबापत ग्राहक हरुको सेक्स भिडियो रेकर्ड गरिन्छ र त्यसलाई उक्त वेश्यालयको वेबसाइटमा राखिन्छ । ग्राहकले सित्तैमा सम्भोग गर्न पाउँछन् तर वेबसाइटमा अपलोड भएका यौन भिडियो हेर्न भने पैसा तिर्नुपर्छ । ग्राहक तथा यौनकर्मीहरुका सेक्स भिडियोलाई वेश्यालयले डिभीडी बनाएर बजारमा समेत बेच्ने गर्छ ।यो नै यस वेश्यालयको कमाइको श्रोत हो । बिग सिस्टरको स्थापना २००४ मा भएको हो । यो वेश्यालयका मालिकको प्रागमा अर्को सेक्स क्लब पनि रहेको बताइन्छ । उक्त वेश्यालमा प्रवेश गर्नका लागि पुरुषहरुले ५ सय चेक क्राउन्स तिर्नुपर्छ र उक्त प्रवेश शुल्क तिरेपछि आफ्नो तीब्र कामवासनाको स्वाद लिन पाइन्छ । यहाँको अर्को अनौठो नियम भने महिला र जोडीहरुलाई भने त्यहाँ छिर्न कुनै पैसा लाग्दैन । चेक रिपब्लिकमा १८ वर्ष भन्दा बढि उमेरका व्यक्तिहरुलाई स्वेच्छिक रुपमा यौनपेशामा लाग्ने छुट छ । तर कानूनले वेश्याहरुको दलाल गर्न भने रोक लगाएको छ ।