टाउकोबाट सुन्छन् पन्छी 'कानबाट होइन'



विभिन्न कोणहरुबाट आइरहेको आवाजलाई सुन्नका लागि पन्छीहरुले आफ्नो टाउकोको प्रयोग गर्ने गर्दछन् किनभने स्तनधारीहरुको जस्तै पन्छीको बाहिरी कान हुँदैन । एक नयाँ अध्ययनले यस्तो निष्कर्ष निकाल्दै बाहिरी कान नभए पनि पन्छीहरु यसको काम आफ्नो टाउकोबाट नै गर्ने बतायो । टाउकोको प्रयोग गरेर नै पन्छीहरुले आवाज माथिबाट आइरहेको छ वा तलबाट आइरहेको छ भन्ने थाहा पाउने उक्त अध्ययनले बताएको छ । पन्छीहरुको बाहिरी कान नहुने भएका कारण आवाज विभिन्न उचाइबाट आइरहेको आवाजलाई फरक छुट्याउन नसक्ने भन्ने अघिल्लो अनुसन्धानलाई यो नयाँ अनुसन्धानले गलत साबित गरिदिएको छ । जर्मनीको टेस्निक युनिभर्सिटी मुन्चेन (टीयूएम) का मुख्य अनुसन्धानकर्ता ह्यान्स ए. स्नाइडरका अनुसार एउटा ब्रुनेट बर्डले आफूभन्दा माथि भएको साथीलाई आवाजमार्फत खोजी गर्न सफल भयो । स्नाइडरले भने, ‘चराहरुको अण्डाकारको टाउकोले आवाजलाई त्यसरी नै रुपान्तरित गर्दछ जसरी बाहिरी कानले गर्ने गर्दछ ।