स्कुले बिद्यार्थीको गोजीमा 'कण्डम' भेटियो



काठमाडौ बौद्ध स्थित एक बोर्डिङ स्कुलमा आठ कक्षामा पढने बिद्यार्थीको खल्तीमा विदेशी ब्राण्डको कण्डम भेटिएको छ । भर्खर १४ बर्ष उमेर भएका बिद्यार्थीको खल्तीमा कण्डम भेटिएको स्कुलमा कामगर्ने कर्मचारीले जानकारी दिए ।
गर्मीका कारण पसिना पुछ्न पाइण्टको गोजीवाट रुमाल झिक्दा कण्डम भुइमा झरेको थियो । कण्डम भुइमा झर्नासाथ केटाले जुताले च्चापेर लुकाएको थियो । कक्षामा शिक्षीकाले पढाइरहेको समयमा केटाको गोजीवाट कण्डम खसेको केटी बिद्यार्थीले देखेका थिए ।
कण्डम खसेको देखेका क्लासका केटीहरुले म्याडमसंग उजुरी गरेपछि स्कुलका कर्मचारीले कक्षाकोठा बाहिर लगेर खानतलासी गर्दा कण्डम भेटिएको हो । स्कुलको बदनामी हुने भन्दै यो घटना लुकाएर राखिएको छ ।<
जुगाको रेखी समेत बस्न नपाएको १४ बर्षको स्कुले केटाको गोजीमा कण्डमका पोका भेटिन थालेपछि काठमाडौका केटाकेटी सानैदेखी यौन क्रियाकलापमा ‘पल्केको’ अनुमान गरिएको छ ।
प्राय आफूभन्दा ठूला व्यक्तीको नक्कल गर्न सिपालु हुने केटाकेटीले सानैदेखी यौन क्रियाकलाप तर्फ आकर्षित भएका छन । सूचना प्रविधिको विकास र सामाजिक संजलाको प्रयोगका कारण कलिलो उमेरका केटाकेटीले गलत कामको लतमा फस्दै गएका छन । २९ जेठ,काठमाडौ।