अन्तत चल्ने नै भयो ‘एटीएम’


लामो विवाद र चर्चाको बिचमा चलचित्र सेन्सर बोर्डले प्रदर्शनमै रोक लगाएको चलचित्र ‘एटीएम’ अन्तत प्रदर्शनमा आउने भएको छ । दिनेश थापाको निर्माणमा यादव सिलवालले निर्देशन गरेको यो चलचित्र साउन ११ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।विभिन्न संघसंस्थाको सुझावलाई ध्यानमा राख्दै निर्माता थापाले १८ दिन अगाडी पुनरावेदन अदालत पाटनमा सिनेमा चलाउन पाउँ भनी मुद्दा दायर गरेका थिए । आफूहरुले गल्ती गरेको स्विकार गर्दै एक पटकलाई माफी दिदै सिनेमा चलाउन दिनुहुन भनी निर्माताले गरेको आग्रहलाई अदालतले सुनुवाई गरेको हो । चलचित्र सेन्सर बोर्डले सेन्सर गरेका दृश्य सहित सिनेमा चलाउन दिनु भनी पुनरावेदन अदालतले फैसला सुनाएपछि ‘एटीएम’ यूनिट दंग परेको हो ।
जीया केसी, सोनीया शर्मा, सविना कार्की, दिनेश थापा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र प्रोमो सार्वजनिक भएसँगै चर्चामा थियो । चलचित्रमा समावेश केही उच्छृङखल दृश्य र संवादले सर्वत्र आलोचना भोगेको थियो । तर अदालतले निर्माताको पक्षमा फैसला गरेपछि निर्माण यूनिटलाई भने केही राहत मिलेको छ ।-अनलाईनखबर
एटीमको भिडियो हेर्न यहाँ थिच्नुहोस्