७ साउन, खोटाङ । अनैतिक सम्बन्ध राखेको आरोपमा खोटाङमा वृद्धवृद्धा गाउँबाट निकालिएका छन् । अनैतिक सम्बन्ध राखेको आरोपमा नाताले सम्धी पर्ने वाप्लुखा-४ का ६० वर्षीय वृद्ध निम्साङ शेर्पा र ६० वर्षीया वृद्धा सोनाम शेर्पा गाउँबाट निकालिएका हुन् ।
स्थानीय तेन्जी शेर्पा, पल्ले शेर्पा, निर्वु शेर्पा, रिङ्जे शेर्पा र फुर्दुकी शेर्पाले वृद्धवृद्धालाई अनैतिक सम्बन्ध राखेको आरोप लगाउँदै गाउँ निकाला गरेको इन्सेक खोटाङका प्रमुख डिएम चाम्लिङले जानकारी दिनुभयो । वृद्धवृद्धालाई एकैठाउँमा बसेको देखेपछि उनीहरुले अनैतिक सम्बन्ध रहेको आरोप लगाउदै कागजमा सहीछाप गराएका थिए ।
इन्सेक प्रमुख चाम्लिङका अनुसार गत साउन १ गतेदेखि गाउँ छाड्न समयसीमा दिइएका निम्साङ सोही दिनदेखि र सोनाम साउन ३ गतेदेखि बेपत्ता बनेका छन् ।
वृद्धवृद्धा बेपत्ता बनेको भन्दै उनीहरुका आफन्तले झुटा आरोपमा गाउँ निकाला गर्ने पाँच व्यक्तिमाथि कारबाहीको माग गरी प्रहरीसमक्ष उजुरी दिएका छन् । रासस