कुखुराले चारवटा खुट्टा भएको चल्ला निकालेपछि घरमालिक चिन्तामा !

घरमा पालेको स्थानीय –लोकल) कुखुराले कोरलेको अण्डाबाट चार खुट्टा भएको चल्ला निस्केपछि घरमालिक चिन्तामा छन् । बागलुङको देविस्थानमा ४ वटा खुट्टा भएको चल्लाको जन्म भएको हो । चारखुट्टे चल्ला हेर्न गाउँलेहरुको भीड लागेको छ ।

देविस्थान गाविस वडा नं २ हर्पेका नन्दराम बिश्वकर्माले पालेको लोकल कुखुराले १३ वटा चल्ला निकालेकोमा एउटा चल्लाको खुट्टा चारवटा भएको स्थानीयले बताएका छन् । यस्तो चल्लाको जन्म हुँदा अशुभ हुने, कुखुरा मासिने जस्ता पूर्व मान्यताका कारण विश्वकर्मा भने चिन्तामा परेका हुन् । यस्ता चार खुट्टे चल्ला बिरलै जन्मन्छन् ।
-माघ २५, २०६९