प्रजापतिले भारतीय सञ्चारमाध्यमसँग कुराकानीका क्रममा आसारामले यौनशक्ति बढाउने औषधी प्रयोग गर्ने गरेको खुलासा गरेका छन् भने उनले आश्रमभित्रका घटनाबारे समेत सनसनीपूर्ण घटनाहरू सार्वजनिक गरेका छन् ।
उनले सबैभन्दा सनसनीपुर्ण खुलासा के गरेका छन् भने आसारामले हजारौको भिडबाट आफ्ना लागी कसरी केटी छान्थे ?
प्रजापतिका अनुसार आसारामको प्रवचन सुन्न आएका महिलाहरूमाथि आसारामले आँखा दौडाउँथे र जो उनको नजरमा पर्थ्यो ती महिलातर्फ उनले लाइट बाल्थे । आफुलाई मन परेकी महिलामाथि लाइट बालेपछी उनका सहयोगीहरूले उनको आसय बुझेर ती महिलालाई अनेकन बहाना र जालझेल गरेर आसारामको कुटीमा पुर्याउथे । जहाँ आसारामले ती महिलासँग यौन सम्बन्ध कायम राख्थे ।
उनको यो तरिका निकै गोप्य थियो । जुन महिलालाई आसारामले मन पराउँथे ती महिलालाई पनि यसबारे कुनै जानकारी हुँदैनथ्यो कि आसारामले आफूमाथि लाइट बालेका छन् र आफूलाई आसारामले शिकार बनाउँदैछन् भने ।