भोकले आतुर बनेका १४ वटा खतरनाक सिंहले आफ्नो भोक मेटाउन हात्तीमाथि दुर्लभ धावा बोले । ८ वर्षीय त्यो छावा शक्तिशाली सिंहहरुको भयंकर आक्रमणमा परेपछि उसको ज्यान जाने लगभग पक्कापक्की थियो । तर उसले हिम्मत हारेन । कालको मुखबाट आफुलाई बचाउँदै त्यो छावाले आफुलाई सिंहहरुको बथानबाट मुक्ति दिलाउन सफल भयो ।
यो भयानक दृश्य जाम्बियाको साउथ लुवांग्वला राष्ट्रिय निकुञ्जको हो । निकुञ्ज भ्रमणमा गएका अमेरिकी पत्रकार जेसी नास लगायतको भ्रमण टोलीले त्यो दृश्य आफ्नो क्यामरामा कैद गरेका हुन् ।

आफ्नो बथानबाट छुटेको छावामाथि सिंहको बथान आएर आक्रमण गरे, उसको पिठ्युामा चढे, दाह्रा गाडे । छावालाई भुइामा लडाउन ठूलै प्रयत्न गरे ।
नदिको किनारामा भएको त्यो लडाइाबाट उम्किन छावाले जुक्ति निकाल्यो । पिठ्युामा चढेका सिंहलाई समेत बोक्दै ऊ नदीको पानीमा हेलियो । छावा नदीमा गएपनि सुरुमा त सिंहहरुले छाडेनन्, तर पानीमा टेकेपछि छावाको साहस बढेछ उसले जिउले पानी छेाप्दै सिंहहरुलाई लखेट्यो ।
सिंहबाट मुक्तिपाएपछि छावाले आफ्नो नांग्ले कान पानीमा हल्लाउादै ढुक्कको स्वास फेर्यो । हारेका सिंहहरु फेरि अर्को सिकारको खोजीमा लागे ।
बथानबाट छुटि्टएको त्यो छावाले अर्को दिन आफ्नो बथान भेट्टायो ।
त्यो दृश्यका साक्षी जेसी लगायतको त्यस छावाको नाम हर्कुल्स राखिदिएका छन्, युद्धमैदानमा उसको साहसीपनका लागि ।
