२ मंसिर, रौतहट । नेपाल एसबीआई बैंकको चन्द्रनिगाहपुरस्थित शाखामा अज्ञात समूहले मंगलबार दिउँसो लुटपाट गरेको छ ।
पेस्तोल लिएर बैंकभित्र छिरेको चार-पाँच जनाको समूहले सुरक्षा गार्ड र कर्मचारीहरुलाई नियन्त्रणमा लिएर लुटपाट गरेको हो । बैंकबाट २० लाख रुपैयाँ लुटपाट भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
लुटेराहरुको प्रतिकार गर्न खोज्दा बैंकका सुरक्षा गार्ड शेरबहादुर कार्की घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।
लुटपाटबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । जिल्लाका सिमा नाकाहरु बन्द गरेर लुटेराहरुको खोजी तिव्र पारिएको प्रहरीको भनाइ छ ।