११ मंसिर, धुलिखेल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्राधानमन्त्री नवाज शरिफबीच भेटवार्ता भएको छ ।
सार्क सम्मेलनको उद्घाटन समारोहका क्रममा हेराहेर समेत नगरेका दुई देशका प्रधानमन्त्रीबीच धुलिखेलको रिट्रिटमा भने हात मिलाएका छन् । धुलिखेलमा मोदी र शरिफबीच अनौपचारिक कुराकानी समेत भएको थियो ।
यो पनि पढ्नुस् : मोदीले पत्रिका पढे, नवाजले ताली बजाए ! (फोटोकथा)
सार्कका सरकार तथा राष्ट्र प्रमुखहरुका लागि धुलिखेलस्थिति द्वारिकाज होटलमा रिट्रिट राखिएको थियो । रिट्रिटमा सहभागी सार्कका सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखले होटल परिसरमा विरुवा समेत रोपेका छन् ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद भने अस्वस्थता कारण धुलिखेल गइनन् ।