अन्तर्राष्ट्रिय समुदायलाई एमाओवादी मोर्चाको ब्रिफिङ
८ मंसिर, काठमाडौं । एमाओवादीसहितका २२ दलले सोमबार राजधानीमा बोलाएको भेलामा भारतीय
राजदूत रञ्जित रे र चिनियाँ राजदूत उ चुन्ताई सहभागी भएनन् । लाजिम्पाटस्थित होटल शंकरमा नेपालस्थित कुटनीतिक नियोग र दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई भेला गरेर २२ दलीय मोर्चाले आफ्नो धारणा जानकारी गराएको छ । सत्तारुढ दलहरुले जनतालाई अधिकार दिन नचाहेकाले संविधान निर्माण प्रक्रिया जटिल मोडमा पुगेको जानकारी दिन २२ दलीय मोर्चाले अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गरेको हो । यसअघि राजधानी बाहिर २२ दलका विभिन्न सभामा बोल्दै प्रचण्डले कांग्रेस एमालेको सरकार अबैधानिक भएकाले भारत, चीन, अमेरिका, युरोपियन युनियन र संयुक्त राष्ट्र संघले २२ दललाई समर्थन गनुपर्ने बताउँदै आएका थिए । सोमबारको भेलामा मोर्चाका तर्फबाट एमाओवादीका अध्यक्ष प्रचण्डले संविधान निर्माण प्रक्रियामा देखिएका अवरोध र मोर्चाको अडानका बारेमा जानकारी गराएको सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पाले अनलाइनखबरलाई बताए । कांग्रेस र एमालेले यथास्थितिवादी संविधान बनाउन खोजेको र उनीहरुले पहिचान, धर्म निरपेक्षता जस्ता विषयलाई स्वीकार गर्न नचाहेको प्रचण्डले राजदूतहरुलाई बताएका थिए । यसअघि सत्तारुढ दलहरुले पनि राजदूतहरुको यस्तै भेला गरेर आफ्नो दृष्टिकोणबारे जानकारी दिएका थिए ।