पहिलो चलचित्र ‘तरंग’बाट नेपाली रजतपटमा भित्रिदै गर्दा नव–कलाकार रचना लामा उत्साहित छिन् । १२ कक्षामा अध्ययनरत यी नव–कलाकारको सपना छ, स्टार बन्ने ।
स्टार बन्नका लागि उनीसँग अभिनय, लुक्स र कला छ ।
अनलाइनखबरले प्रस्तुत गरेको ‘फ्रेस फेस’का
लागि कुरा गर्दै गर्दा रचना धेरै बिषयमा अकमकाइन् । फिल्म नगरीमा लागेर
नाम, दाम सबै कमाउने ईच्छा छ उनमा । तर, पहिलो गासमा ढुंगा भनेजस्तै, उनलाई
एक निर्माताले गरेको अनावश्यक प्रपोजले केही सशंकित बनाएको छ ।
रचना भन्छिन्–‘पहिलो चलचित्र गर्दा त
त्यस्तो केही भएन । तर, एक निर्माताले चलचित्रमा नायिकाका लागि अफर
गर्नुभयो । तर, उहाँले अभिनयको अफरसँगै आफूसँग एक रात बस्न भनेपछि चलचित्र
नै गर्दिन भनेर हिडेँ ।’
चलचित्र खेल्नका लागि ‘सेक्स’को अफर आएको
बताउने रचनाले हरेश भने अझै खाएकी छैनन् । उनी भन्छिन्–‘ सबै मानिस एउटै
हुन्छन् भन्ने पनि छैन नि । केही खराब भएपनि अरु सही छन् भन्ने मलाई लाग्छ
।’
चलचित्र खेल्नु भन्दा अगाडि उनले जे
सोचेकी थिइन्, खेलेपछि पाइनन् । चलचित्र नगरीमा लाग्ने कलाकार ‘सेलिब्रेटी’
जस्तो नभएको उनको वुझाई छ ।