राज्य व्यवस्था समितिको नेतृत्वसँग सदस्यहरु असन्तुष्ट
२०७१ कार्तिक १९
१९ कात्तिक, काठमाडौं । सरकारलाई राज्य सञ्चालनका महत्वपूर्ण विषयमा नीति निर्देशन दिनुपर्ने संसदको
सबैभन्दा महत्वपूर्ण राज्य व्यवस्था समितिको नेतृत्व फितलो भएको भन्दै समितिका सदस्यहरुले नै आलोचना गरेका छन् ।
राज्य व्यवस्था समितिको लामो समयपछि बुधबार बसेको बैठकमा सत्तारुढ कांग्रेस एमालेकै सभासदहरुले समितिका सभापति दिलबहादुर घर्तीको नेतृत्व क्षमतामाथि प्रश्न उठाए ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका घर्तीले राज्य व्यवस्था समितिलाई यसअघिका सभापतिहरुले जस्तो प्रभावकारी रुपमा चलाउन नसकेको र राज्य सन्चालनमा सरकारलाई नीति निर्देशन गर्न नसकेको गुनासो उनीहरुले गरे ।
बैठकको शुरुमै कांग्रेस सभासद अर्जुन जोशी, एमालेका गंगालाल तुलाधर, यज्ञराज सुनुवार लगायतका सभासदले सभापति घर्तीले समितिलाई गतिहीन बनाएको भन्दै उनको क्षमतामाथि प्रश्न उठाएका थिए ।
राज्य व्यवस्था समितिले रक्षा,गृह, सामान्य प्रशासन, लोकसेवा र निर्वाचन आयोग जस्ता राज्यका महत्वपूर्ण निकायका कामको अनुगमन तथा आवश्यक नीति निर्देश गर्छ । तर, नेतृत्व क्षमता नभएका सभापतिका कारण समितिले काम गर्न नसकेको गुनासो सभासदहरुले गरेका छन् ।
सभापतिको अकर्मन्यताकै कारण समितिले गर्नुपर्ने कामको योजना समेत बनाउन नसकिएको बैठकमा उनीहरुले बताएका थिए । बुधबारको बैठकमा समितिले गर्ने कार्ययोजना र कामका क्षेत्रहरुको बारेमा लिखित प्रस्ताव तयार भएको र सभापतिलाई नेतृत्व क्षमता देखाउन सदस्यहरुले आग्रह गरेको एमाले सभासद यज्ञराज सुनुवारले बताए ।
बैठकमा पछिल्लो समयमा भएका प्राकृतिक विपत्ति र मानवीय क्षति, श्रृंखलाबद्ध सवारी दुर्घटना न्यूनीकरण लगायतका विषयमा छलफल गर्न गृहमन्त्री बामदेव गौतमलाई बोलाइएको थियो ।
गौतमले आफूलाई एक साताअघिनै खबर गरेर बोलाए समितिमा सबै विवरण उपलव्ध गराउन सजिलो हुने भन्दै आधा घण्टाजति बसेर बाहिरिएका थिए ।
प्राकृतिक विपत्तिबाट जोगिने उपाय, जनधनको क्षति भएपछिको उद्धार, राहत तथा क्षतिपूर्तिको व्यवस्था सरकारले पूर्व तयारीका साथ गर्नुपर्नेमा समितिले जोड दिएको सभासद गंगालाल तुलाधरले बताए ।