शरीरमा लगाएको लुगा दश ठाउँ टालिएको, हातमा लौरो बोकेर त्यसैको
सहारामा बिस्तारै हिँडछन्, ठूला बडा देख्ना साथ नमस्ते गरी आफ्नो दुवै हात लम्काउँदा पनि ति ठूलाबडाहरु कुनै वास्तै नगरी हिँडिदिन्छन् । हिँड्दा हिँड्दै अलि पर मानिसहरुको भिड देखेपछि सबैलाई नमस्ते गर्दे लगाएको कोटको गोजीबाट बाँसुरी निकाल्छन् र आफ्नो बेदना पोख्छन् उनी । उनको बाँसुरीको धुन सुनेर नपग्लिने सायदै कोही होलान् । यस्ता वेदनाहरु पेख्ने उनी हुन् सुनसरी प्रकाशपुर–१ भुटाहाटोलका ७४ वर्षीय बलवहादुर विश्वकर्मा । आमा बुधमाया विक र पिता मोहीमान बिकको एक्लो छोरोको रुपमा कोशी पारीको जिल्ला महाभारत अन्र्तगत चौदण्डीघडीमा बिक्रम सम्वत १९९७ साल भदौ महिनामा जन्मिएका हुन् बलवहादुर विश्वकर्मा । २५ वर्षकै कलकलाउदो उमेरमा भालुको आक्रमणमा परी दाया आँखा गुमाएका वलवहादुर शारीरिक रुपमा समेत अशक्त बन्दै गएका छन् । आमाबाबु र श्रीमती गुमाइसकेका बलबहादुर यतिवेला एक्लो बनेका छन् । छोराको नाममा एकलो छोरो रहेको उस्ले पनि बिवाह गरी घरजम बसालेपछि उन्को बुढेसकालको सहारा केवल मुरली बनेको छ । सम्पतीको नाममा रहेको एक्लो छोरो विवाह पछि पराइ भइदिएपछि उधारो जिन्दगी जिउनुको कुनै अर्थ नरहेको बृद्ध बलबहादुर बताउँछन् । भएकी २ छोरीहरुको मोरङ्गको उर्लावारीमा विवाह गरिदिएको बताउने ७४ वर्षीय बृद्ध बलबहादुर यतिवेला गाउँ घरमा बाँसुरी बजाएर मागेर जिविकोपार्जन गर्दै आएका छन् । यसरी बाँसुरी बजाउँदा दिनमा ३ सय सम्मको कमाई हुने र त्यसैमा जीवन चलाउने गरेको उनले सुनाए । गाउँकै विवाह भत्तेर तथा कुनै कार्यक्रमको आयोजना भएको जानकारी पाउना साथ उनी लौरो टेक्दै त्यहाँ पुगी हाल्छन् । गोजीबाट बाँसुरी झिक्छन् अनि त्यसैबाट हुन्छ उनको कमाई । ‘भएको छोराले छोडेर गएपछि मेरो जिवन साथी यही मुरली हो हजुर’ विश्वकर्मा बताउँछन् । भएको सारा सम्पती उपचार खर्चमै सकिएको बताउने बलबहादुर यतीबेला वास्तवमै सुकुम्वासी बनेको बताउँछन् । घर नजिकैको जंगलमा गाइवस्तुलाई घास लिन गएको बेला जंगली भालुको आक्रमणमा परी दाया आँखा गुमाउनुका साथै कम्मर मुनिको हडडी समेत भाँच्चिएको छ । उनलाई अहिले पनि त्यही घाउले सताउने गरेको छ । आँखा कम्जोर र कान त्यती नसुन्ने ती बृद्ध गाउँमा कुनै ठूलाबडा आए हतार नमस्कार गरी आफनो गुनासो सुनाउने गर्दछन् तर उन्को त्यो गुनासो कसैले नसुनिदिँदा केही बेर भक्कानिन्छन् । यसरी कसैले नसुनेपछि च्यातिएको कोटको गोजीबाट आफ्नो जिवन साथी मानेका मुरली निकाल्छन् अनी बिरहीका धुनहरु निकाल्दै आफू पनि रुन्छन अनी अरुलाई पनि रुवाउँछन् ।