इनारमा खसेर चोरको मृत्य सुन लुटेर भाग्दा

काठमाडौं, मंसिर ४ – भनिन्छ मानिसले कर्म अनुसारको फल
पाउँछ, ठीक यही भनाई एक चोरमा लागु भएको छ । न्युरोडको एक सुनपसलबाट लुटेर फरार भएका एक जनाको इनारमा खसेर ज्यान गएको हो । हतियारसहित राति ९ बजे आएका दुई जना लुटेराहरुले ५ तोला सुन र २७ हजार नगद लुटेका थिए । सुन लुटेर उनीहरु सनमुन रेष्टुरेन्टमा पुगेका उनीहरु मध्ये काभ्रेका चेतन लामालाई पक्राउ गरिएको थियो । प्रहरीबाट भाग्न खोज्ने अर्का लुटेरा अँध्यारोमा एक घरको कम्पाउण्डबाट अर्को घरमा भाग्न खोज्दा इनारमा खसेका थिए । उनको घटना स्थलमा नै मृत्यु भएको थियो । महानगरीय प्रहरी परिसर हनुमानढोकाका डिएसपी बेद विष्टका अनुसार मृत्यु हुनेको अझै सनाखत हुन सकेको छैन । विष्टका अनुसार शिक्षण अस्पताल महाराजगंजमा मृतकको पोष्टमार्टम हुदैछ ।