
८मंसिर, कोलम्बो । नेपालका सोमपाल कामी अन्तराष्ट्रिय मान्यताप्राप्त टी-२० क्रिकेटमा दशौं नम्बरमा आएर
एकै इनिङमा सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको किर्तिमान बनाएका छन् । उनले सोमबार कोलम्बोमा हङकङ बिरुद्धको खेलमा दशौं नम्बरमा आएर ४० रन बनाएका थिए । यसअघि यो रेकर्ड अफगानिस्तानका हमिद हसनको नाममा थियो । उनले २२ रन बनाएका थिए । नेपालका टप अर्डर ब्याट्सम्यानले निकै खराब प्रदर्शन गरेको खेलमा सोमपाल एक्लैले नेपाललाई २५ रन बनाउँदा ८ विकेट गुमाएको अबस्थाबाट ७२ रनसम्म पुर्याए । ११.५ ओभरमा बसन्त रेग्मी ३ रनमा आउट भएपछि दशौं नम्बरमा आएका उनले आक्रामक ब्याटिङ गर्दै केबल ३१ बलमा ४० रन बनाए । यसक्रममा उनले नेपाल इनिङको पहिलो चौका प्रहार गर्दै टीमलाई हौसला दिए । आज उनले ६ चौंका र २ छक्कासहित ३१ रन जोडे अन्तिममा ब्याटिङ गर्न आएका उनले निकै कुसलतापूर्वक ब्याटिङ गरे । उनले तेस्रो ओभरमा बाबर हृयातको विकेट लिए । हेर्नुहोस् सोमपालको अन्तरवार्ता- मेरा राम्रा दिन चलिरहेका छन्