
हामीकहाँ सरकारी अस्पतालमा प्रसुति गराउँदा निःशुल्क हुन्छ, उल्टै प्रोत्साहन बापत हजार/पन्ध्र सय सुत्केरीलाई दिइन्छ । निजि अस्पतालमा पनि प्रसुति सेवा खासै महंगो छैन । तर, अमेरिकामा भने एक दम्पतीले अस्पतालमा बच्चा जन्माउँदा १० लाख डलर तिर्नुपरेको छ । अमेरिकाको एक अस्पतालले क्यानेडाली दम्पतीलाई १० लाख डलर अर्थात् झण्डै १० करोड रुपैयाँको बिल थमाइदिएको हो । छुट्टी मनाउन श्रीमानसँगै अमेरिका आएकी जेनिफर हुकुलक किमेलले ‘डेलिभरी डेट’ भन्दा नौ हप्ता पहिले नै छोरी जन्माइन् । सुत्केरी हुने मिति अझै टाढै छ भनेर प्रसुति विमा नगराइकनै अमेरिका आएका किमेल दम्पतीको प्रसुति खर्च विमा कम्पनीले तिर्न नमानेपछि उनीहरु आफैले त्यो रकम तिर्नुपर्ने भयो । पैसाको बिल हातमा त पर्यो । तर, त्यतिधेरै पैसा तिर्ने क्षमता थिएन । पैसा नतिरिकन अस्पतालले उनलाई बाहिर निस्किन पनि दिँदैनथ्यो ।

उनी ६ हप्तासम्म अस्पतालभित्रै कैदीसरह बस्नुपर्यो । हवाइ टापुको त्यो अस्पतालमा बन्दी बन्नुपर्दाको अवस्था निकै भयानक भएको उनी बताउँछिन् । अस्पतालमा कैदी बनेकी अामा जेनिफर । अस्पतालमा कैदी बनेकी अामा जेनिफर । अन्ततः उनका श्रीमानले त्यो पैसा जुटाए र उनी सायद संसारकै महंगो प्रसुति गराएर मुक्त भइन् । उनको मुत्रनलीको संक्रमणका कारण पाठेघरको बच्चालाई समेत संक्रमण फैलिन सक्ने आशंकामा अस्पतालले शल्यक्रिया गरी बच्चा बाहिर निकालेको थियो । अस्पतालमा जेनिफर दम्पति अस्पतालमा जेनिफर दम्पति अहिले अमेरिका र क्यानडामा मिलियन डलर बेबीको मुद्दा चर्को बहसको बिषय बनेको छ । कानुन ब्यबसायीले अस्पताललाई त्यति ठूलो रकम तिर्नु पर्दैनथियो भनिरहेका छन भने एउटा समूह यी दुःखी दम्पत्तिको सहयोगका लागि अनलाइनमा चन्दा संकलन गर्ने अभियानमा लागेको छ । अस्पतालले भन्यो- हो हामीले पैसा लिएका हाैं । संचारमाध्यमलार्इ अस्पतालको जवाफ । अस्पतालले भन्यो- हो हामीले पैसा लिएका हाैं । संचारमाध्यमलार्इ अस्पतालको जवाफ ।