मासिक एक रुपैयाँ इन्जिनियरको तलब



सुन्दर दुलारी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर अम्बिका गुरागार्इंको तलब मासिक एक रुपैयाँ छ । नगरपालिकाले कम तलबमा काम गर्ने प्राविधिक कर्मचारीको माग गर्दै विज्ञापन गरेको थियो । विज्ञापनअनुरुप मासिक एक रुपैयाँ तलब खाने गरी गुरागार्इंले आवेदन दिएपछि उनी छनोट भएका हुन् । नगरपालिका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले परेका अन्य १७ वटा आवेदनमा मासिक तीन हजारदेखि १४ हजारसम्म तलब माग गरिएको बताए । सबैभन्दा कम तलब माग गर्दै गुरागार्इँको निवदेन परपेछि उनैलार्इ छनोट गरिएको घिमिरेले बताए । रासस