
भारतीय सरकार प्रमुख नरेन्द्र मोदीलाई व्यङ्ग्य गरेको भन्दै नेपाल टेलिभिजनले लोकप्रिय हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’को ५७६ औं श्रृखंलाको प्रसारण रोकेको छ। नेपाल टेलिभिजनले बिहिबार एक हप्ता अगाडि प्रसारित श्रृखंलालाई नै पुन: प्रसारण गरेको छ।
नेपाल टेलिभिजनको सेन्सर बोर्ड शाखाले टेलिभिजनमा सरकार एवम् छिमेकी राष्ट्रलाई विवादित पार्ने सामान्य प्रकृतिका सामाग्रीलाई पनि रोक लगाउने गर्छ। निजी क्षेत्रले निर्माण गर्ने कार्यक्रमका सामग्रीमाथि नेपाली टेलिभिजनले कडाइका साथ सेन्सर गर्ने गरेको छ जून धेरैजसो अवस्थामा नेपालको अभिव्यक्ति स्वतन्त्रताको कानुनसँग पटक्कै मेल खाँदैन।
करिब एक दशक अगाडि पनि सरकारको मताहत चल्ने अर्को सरकारी मिडिया रेडियो नेपालको स्व. राजा वीरेन्द्र उपस्थित वार्षिकोत्सव कार्यक्रममा दीपकराज गिरीले २०५ सभासदलाई व्यङ्ग्य गरिएको प्रहसन प्रस्तुत गरेपछि रेडियो नेपालबाट बाहिरिनु परेको थियो।
नेपाल टेलिभिजनको यो रवैयाप्रति असन्तुष्ट हुँदै दिपक राज गिरीले फेसबुकमार्फत आफ्नो कडा विरोध जनाएका छन, उनले फेसबुक वालमा यस्तो लेखे:
मोदीको कारणले तीते सत्य नआउने
आज प्रसारण हुनुपर्ने तीतो सत्यको श्रृंखला मोदीको नक्कल गरिएको कारण देखाइ प्रसारणमा रोक लगाइएको छ।
यो श्रृंखलामा गाँउमा विकाश काममा शिथिलतादेखि एक व्यक्तिलाई नक्कली मोदी बनाएर ल्याएपछि विकाश धमाधम गर्न थालिन्छ।
के कारण देखियो सम्बन्धीत पक्षबाट?
१)मोदी जस्तो ब्यक्तिको क्यारिकेजर गर्नु हुन्न?
२) उहाँ जस्तो ब्यक्तिको क्यारिकेचर गर्दा भोलि जवाफ दिनु पर्ने हुन्छ।
मेरो जवाफ
१) भारतमा नै मोदी लगायत नेताहरूको मज्जाले क्यारिकेचर गरिन्छ, लोकतन्त्रको सुन्दरता नै यहि हो जसमा हरेक प्रसिद्ध व्यक्तिको नक्कल वा व्यड़ग्य गर्न पाइन्छ
२) तीतो सत्यमा देखाइएको विषयमा दुइ देश बिचको सम्बन्धमा आँच आउने कुनै विषय छैन न मोदीलाई नराम्रो देखाइएको छ तथापि....
तीतो सत्य यहि रहेछ हाम्रो देशमा सम्मान होइन चाकडी विक्छ,
लोकतन्त्र कागजमा होइन व्यवहारमा हुनु पर्छ।
संवाद हिन्दी भयो पनि भनियो, मोदीको अभिनय गर्दा शायद भाषा चाइनिज हुन सक्दैन...
सम्मान गरौ चाकडी होइन
News from Setopati.com