ससुराली पनि कंगाल छन्लोकमानले भने - ‘ठूलो माछा’को बैंकमा ५ सय रुपैयाँ छ,



१९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले अख्तियारले ठूला एक हजार व्यक्तिहरुको सम्पत्ति मुल्यांकन गरिरहेको बताएका छन् । संसदको सुशासन तथा अनुगमन समितिको शुक्रबारको बैठकमा कार्कीले अख्तियारले साना माछामात्र हेरेको भन्ने आरोपको खण्डन गरे । उनले भने, तपाईहरुले भनेको सो कल्ड ठूलो माछा राजनीतिक नै हो भने धेरै कुरा हेर्नुपर्छ ।’ उनले अघि भने-‘उनीहरुको बैंक खातामा ५ सय/एक हजार रुपैयाँ हुन्छ । भाडाको घरमा बस्छन् । उनीहरुको सम्पत्ति कहाँ छ ?’ अख्तियार प्रमुख कार्कीले ठूलाहरूले अहिले आफ्नो नाममा सम्पत्ति राख्न छाडिसकेको बताए । उनले भने, पहिला त परिवार र नातागोताको नाममा हुन्थ्यो । पहिले त परिवारमा त राख्दैनन्र, ससुराली पनि कंगाल नै छन् ।’ ठूला व्यक्तिहरुको छोराछोरी विदेशमा पढ्न गएको र उनीहरुले कमाएको भन्दै मासिक १ हजार/२ हजार डलर आउने गरेको भन्दै उनले भने-नीजि क्षेत्र वा कहीँ लगानी भएको हुनुपर्छ । यो पत्ता लगाउनु अख्तियारको चुनौती हो ।’ अख्तियारले हालै मात्र २ हजार घुस लिनेदेखि १५ हजार घुस लिनेलाई पक्राउ गरेको उदाहरण दिँदै उनले भने, यो सानो माछा वा ठूलो माछा होइन । यो प्रवृत्ति हो । यो विष सरह छ । यसलाई प्रहार गर्नु अख्तियारको कार्यक्षेत्र हो ।’ कर्मचारी आउनै मान्नेनन् अख्तियार प्रमुख कार्कीले अहिले अख्तियारमा कर्मचारी आउनै नमान्ने गरेको बताए । कर्मचारी ल्याउनु र उनीहरुलाई टिकाउनु ठूलो चुनौती भएको भन्दै उनले भने, धेरै त यता आउनै चाहनुहुन्न । आएपनि २/३ महिनामा समस्या भइहाल्छ ।’ त्रिविको छानविन गरिरहेका छौं अख्तियार प्रमुख कार्कीले अख्तियारले अहिले त्रिभुवन विश्वविद्यालयमा अनियमिता भएको भन्दै आएको उजुरीमा छानविन गरिरहेको बताए । अख्तियारले आँखा चिम्लिएर मुद्दा नहालेको भन्दै उनले भने-‘मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति स्वयंमले पाँच पटक मेरो विश्व विद्यालयमा अनियमिता भयो भन्दै उजुरी दिनु भएको थियो ।’ पढाउने गुरुहरु प्रति आफ्नो सम्मान भएको भन्दै उनले गुरुहरुले पनि प्रशासनिक काममा पनि ज्ञान नराख्ने अनि नियमसंगत काम पनि नगर्ने काम गर्न नहुने बताए ।