प्रियंका बनिन् एशियाकै सेक्सी कट्रिनालाई पछार्दै



मुम्बई । अभिनेत्री प्रियंका चोपडाले कट्रिना कैफलाई पछार्दै एशियाकै सेक्सी महिला घोािषत भएकी छिन् । अघिल्लो वर्षकी बिजेता कैट यसपाली चौथो स्थानमा झरिन् । बेलायतवाट प्रकाशन हुने साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले हरेक वर्ष सेक्सी महिला छान्ने गर्छ । शीर्ष ५० जना उम्मेदवार छुट्याएर त्यसपछि हुने भोटिङको आधारमा क्रमश पहिलो दोस्रो, तेस्रो, चौथो छुट्याउने गर्छ । सेक्सी महिलाको सूचीमा दोस्रो स्थानमा परेकी छिन् प्रसिद्ध टेलिभिजन अभिनेत्री दृष्टि धामी । तेस्रो स्थानमा रहेकी छिन् सान्या इरानी । एशियाकै सेक्सी महिला बनाउन आफुलाई भोट गर्ने सवैलाई प्रियंकाले धन्यवाद दिएकी छिन् । ‘यो उपाधि मेरो कारण भन्दा पनि मलाई भोट दिने मेरा दर्शकहरुको कारण मिलेको हो ।’ उनले भनिन् । इष्टर्न आइका सम्पादक असजाद नजीरले प्रियंकाले आम भारतीय महिलाको शीर उचो बनाएको भन्दै बधाई दिएका छन् ।