आर्यनले प्रेमिकासँग गरे इन्गेजमेन्ट





काठमाडौं । नायक आर्यन सिग्देलले प्रेमिका सपना भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । पाँच बर्ष लामो प्रेमपछि उनीहरुले इन्गेजमेन्टम गरेका हुन् ।

बिहीबार दिउँसो पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा एक समारोहको आयोजना गरी आर्यनले प्रेमिका भण्डारीलाई औंठी लगाइदिए हुन्। दुबैले एकअर्कालाई दुबोको माला पनि लगाइदिए ।
समारोहमा आर्यनका घरपरिवार तथा केही कलाकर्मीको सहभागिता थियो