शाहरुख खान दक्षिण कोरियाका राजदूत बन्ने !

बलिउड स्टार शाहरुख खान दक्षिण कोरियाका राजदुत बन्ने भएका छन् । भारत सँगको सम्बन्धलाई अझै सुमधुर बनाउनका लागि दक्षिण कोरियाले शाहरुखलाई सद्भावना दुत बनाउन लागेको हो ।

दक्षिण कोरियाली मन्त्री ताय इन जुंगले भारतको चेन्नइमा आयोजित एक समारोहमा शाहरुखलाई दक्षिण कोरियाको सद्भावना दुत बनाउने सम्भावना बारे आफ्नो देशले विचार गरिरहेको बताए ।
इरुनगट्टुकोटाइमा आयोजित हुण्डाइ मोटर्स इण्डिया लिमिटेडको ५० लाखौँ कारको सार्वजनिक समारोहमा भाग लिन शाहरुख खान त्यहाँ पुगेका बेला कोरियाली मन्त्रीले यस्तो कुरा बताए ।
भारत र दक्षिण कोरियाले आफ्नो दौत्य सम्बन्धको ४० औँ वर्षगाँठ बनाउन थालेका बेला हुण्डाइ मोटर्सले बनाएको आफ्नो ५० लाखवटा कार मध्येको अन्तिम कार भारतमा सार्वजनिक गरेको हो ।