२०७० मंसिर २९ गते सिंहलाई जंगलको राजा भनिन्छ । तर, कहिलेकाहीं त्यही जंगलको राजा पनि नराम्रोसँग हार्नु पर्दोरहेछ । त्यो पनि जंगली भैसीसँग । साउथ अफ्रिकन नेशनल पार्कमा दुई बटा सिंहले जंगली भैसीलाई आक्रमण गरेपछि यो अवस्था आएको हो ।

आहारको खोजीमा पार्कमा घुमिरहेका सिंहको आँखा केही दुब्लो जस्तो देखिने भौसीमा पर्छ । करिव ४५ मिनेट पछ्याएर दाउ हेरेपछि दुई वटा सिंहले आक्रमण गर्छन । बबुरो भौसी हायल कायन नहुने कुरै भएन । उसको केही जोर चलेन र कराउँदै थचक्क भुईमा बस्यो । तर, नजिकै घाँस खाइरहेको केही बलियो जस्तो देखिने
जंगली भैसीले साथीले ज्यान गुमाउँदै गरेको सहन सकेन ।

निकै हान्निएर आएको भौसीले अर्को भैसीमाथि आक्रमण गरिरहेको सिंहलाई सिङले उधिनेर फाल्यो । ‘उसले आफ्नो सिङले उधिनेर सिंहलाई हावामा करिव ५ मिटरमाथिसम्म फाल्यो’ अविश्वसनीय घटनालाई आफ्नो क्यामरामा कैद गरेका ओलिभरले भनेका छन्–‘हामी वर्षमा २/३ पटक आउँछौं तर, मैले यस्तो कहिल्यै देखेको थिइन ।’ एक पटक आक्रमण गरेर चित्त नबुझेपछि उक्त पहलमान भैसीले फेरि सिंहलाई आफ्नो बडेमानको सिङले उधिन्छ र बेस्सरी टाउको हल्लाएर फालिदिन्छ । आफ्नो शिकारले झण्डै ज्यान लिएपछि जंगलको राजा सिंह कुलेलम ठोक्यो भने केही घाइते भएको भौसी ज्यान जोगाएर आफ्नो बथानमा पुग्यो ।

