२०७० मंसिर ३० गतेहालै मात्र करण जोहरको चर्चित टक शो ‘कफी विथ करण’मा नायक सलमान खानले आफ्नो लागि नायिका पि्रती जिन्टा जीवनसाथी हुन सक्ने बताएका थिए । बलिउडका थुप्रै सुन्दरीहरुलाई पछाडी राख्दै सलमानले प्रितीको नाम अघि सारेका थिए ।तर सलमानको यो घुमाउँरो प्रस्तावलाई भने नायिका प्रिती जिन्टाले अस्विकार गरिदिएकी छिन् । एक कार्यक्रममा पुगेकी नायिका जिन्टाले आफ्नो लागि सलमान भन्दा करण जोहर श्रीमानको लागि उपयुक्त भएको बताएकी छिन् । उनले सलमानको तर्कलाई कुनै जवाफ नदिदै करण जोहरलाई श्रीमानको रुपमार रोजेकी हुन् ।
प्रितीको यो जवाफले धेरैलाई हैरानीमा पारिदिएको छ । आखिर उनले सलमानलाई छोडेर करण जोहरलाई नै किन रोजिन् भन्ने तर्क पनि सुरु भएको छ । करणले पनि आफ्नो लागि प्रिती जिन्टा नै जीवनसाथीका लागि योग्य भएको जवाफ दिएका थिए । आखिर प्रिती र करणको यो जवाफ ठट्यौली शैलीमा आयो या मन भित्रको बास्तविकता पोखियो, यो भने उनीहरुले नै जान्ने कुरा हो ।