२०७० पुष १५ गते नायिका ऋचा शर्मा अचेल एक्ली भएकी छिन् । आइतबार बेलुकी चलचित्र ‘बितेका पल’को प्रिमियरमा सहभागी हुन पुगेकी ऋचा एक्ली देखिइन् । विनयसँग प्रेमसम्बन्धमा जोडिदा यो जोडी सधै नै साथमा देखिने गर्दथ्यो ।उनी आइतबार चलचित्रको प्रिमियरमा सहभागी हुन एक्लै बीग सिनेमा पुगिन् । हल भित्र पनि उनी एक्लै भौतारिएको देखिन्थ्यो । ऋचालाई सिनेमा हल भित्र साथीको अभाव भएको प्रष्ट हुन्थ्यो ।
तस्बिर खिचाउने क्रममा अन्य नायिकासँग नजिक भएतापनि ऋचा अन्य समयमा भने एक्लै भइन् । रमाइलो कुरा त के पनि देखियो भने, सिनेमा सकेर बाहिर निस्किदा पनि ऋचाको साथ लाग्ने कोही देखिएन । उनी बीग सिनेमाको लिफ्टबाट ओर्लिएर एक्लै घर तिर लागिन् । सिनेमा हेरेपछि मिडियाको अघि मन्द मुस्कान छोडेपनि ऋचाले केही कुराको अभाव महशुश गरिरहेको भान हुन्थ्यो ।