काठमाडौं, २८ कात्तिक । नेकपा–माओवादीका असन्तुष्ट सचिव नेत्रविक्रम चन्द समूहको कपिलवस्तुको भूमिगत अन्तरक्रियात्मक भेला सम्पन्न भएको छ ।
कपिलवस्तुको शिवपुर गाविसको विजगौरीमा बुधबार र बिहीबार दुई दिनसम्म चलेको अन्तरक्रियात्मक भेलामा सहभागीहरूले सकेसम्म पार्टी विभाजन नगर्न सुझाव दिएका छन् । उनीहरूले पार्टीलाई नयाँ कम्युनिष्टका रुपमा स्थापित गर्न आवस्यक पर्ने सबै व्यवस्थासहित अघि बढ्न सुझाव दिए । पार्टीको शीर्ष नेतृत्व परिवर्तन भएको ठहर गरेको अन्तरक्रियाले नेकपा–माओवादीलाई कम्युनिष्ट आन्दोलनको पर्याय बनाउन सुझाव दिएको छ । नेपालका सबै कम्युनिष्टहरू ‘कम्युनिष्ट’ नरहेको ठहर उनीहरूको छ । गोप्य अन्तरक्रिया कार्यक्रममा सहभागी नेकपा–माओवादी दाङका सह–सेक्रेटरी शीतलकुमार ओलीका अनुसार पार्टीमा देखिएको विवाद अन्त्य गर्ने प्रयासस्वरुप केन्द्रीय समितिको बैठकमा सहभागी हुने सहमति भएको छ । ‘संभवत केन्द्रीय समितिको बैठकमा हाम्रा नेताहरू सहभागी हुनुहन्छ र धारणा राख्नु हुन्छ,’ ओलीले भने, ‘हाम्रो मागअनुसार बैठक बोलाइए केन्द्रीय समितिमा बसेर धारणा राख्ने सहमति भएको छ ।’ नेपालमा कम्युनिष्ट आन्दोलनमा विचलन आएको ठहर गरेको अन्तरक्रियात्मक भेलाले ‘कम्युनिष्ट आन्दोलन’लाई स्थापित गर्न आवश्यक पर्ने अभियान चलाउने निर्णय गरेको छ । आन्दोलनमा तत्काल हतियार उठाइहाल्ने भन्ने छैन । तत्काल सशस्त्र जनयुद्धबाट जनविद्रोहमा जान नसकिने ठहर गरेको अन्तरक्रियाले जनविद्रोहलाई आवश्यक पर्ने तयारी गर्ने सहमति गरेको सह–सेक्रेटरी ओलीले बताए । ‘अहिले नै सशस्त्र जनयुद्धबाट जनविद्रोह सम्भव छैन,’ उनले भने, ‘तर भ्रष्टाचारी, सामान्ती, गुण्डागर्दीको विरोध र राष्ट्रिय अस्मिता आदिका पक्षमा आफ्नै ढङ्गको आन्दोलन गर्ने छौं ।’ त्यसो भए तपाईहरू सशस्त्र आन्दोलन तत्काल गर्नु हुँदैन ? भन्ने जिज्ञासामा सह–सेक्रेटरी ओलीले भने, ‘अहिलेको हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । तर आवश्यक्ता र समयपरिवेशअनुसार के हुन्छ समयले भन्ने छ ।’ जंगलमा पाल टाँगेर दुई दिने अन्तरक्रिया कार्यक्रम गरेको जनाएका ओलीले खानपिन सबै स्वयं सेवकहरूले मिलाएको बताए । खर्चका बारेमा उनले केही बताउन मानेनन् । अन्तरक्रिया भूमिगत रुपमा गर्नुको कारण बारे सह–सेक्रेटरी ओलीले केही आन्तरिक र सुरक्षाका कारण गोप्य रुपमा गरिएको बताए । अबका दिनमा सचिव चन्द र केन्द्रीय सदस्य खड्कबहादुर विश्वकर्मालगायतका नेताहरू भूमिगत रुपमा गतिविधि चलाउने उनको भनाइ छ । ‘आवश्यक्ताअनुसार उहाँहरू भूमिगत रुपमा राजनीतिक गतिविधि गर्नुहुने छ,’ ओलीले भने, ‘तर हामीहरू भने भूमिगत हुने छैनौ । खुल्ला कार्यक्रम गर्ने छौं ।’ पार्टी विभाजन भएको आरोप भने सह–सेक्रेटरी ओलीले अस्वीकार गरे । भने, ‘पार्टी विभाजन होइन । यो त अन्तरक्रियात्मक कार्यक्रम हो । सबै विषयमा अन्तरक्रिया गरेका हौं ।’ अन्तरक्रिया कार्यक्रम बिहीबार राति सकिए पनि चन्दले आफू पक्षीय केन्द्रीय नेता र विश्वाशिला सीमित केही नेताहरूसँग आज (शुक्रबार) बिहान पनि विजगौरमै आन्तरिक छलफल गरेका छन् ।