दीलिप र सोनुको ‘विधुवा’



श्रीमानको निधनपछि एक महिलाले भोग्ने पीडामा बनेको चलचित्र ‘विधुवा’ पौष ११ गतेबाट हलमा लाग्ने भएको छ । चलचित्रमा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठले मुख्य भूमिकामा काम गरेका छन् । चलचित्रलाई गिरीप्रसाद पुनले निर्माण गरेका हुन् । नायक दीलिप रायमाझी कथा मन परेका कारण चलचित्रमा काम गरेको बताउँछन् । चलचित्रले नेपाली समाजमा एकल जीवन बिताइरहेका महिलाहरुलाई गरिने दुब्र्यवहार र छुवाछुतको बिषयलाई उठान गरेको छ । चलचित्रमा विकास चौधरीको संगीत छ । चलचित्रलाई मनोज श्रेष्ठले निर्देशन गरेका हुन् ।