२८ कात्तिक, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लव पक्षले जनविद्रोहका लागि पार्टी तयार नभए आफ्नो ढंगले अघि बढ्ने निर्णय गरेको छ ।
विप्लवले कपिलबस्तुको शिवगढी जंगलमा ‘केन्द्रीय अन्तरक्रियात्मक कार्यक्रम’ नाम दिएर भेला गरेका छन् । उनले पार्टीको केन्द्रीय समितिले अस्वीकार गरेको प्रतिवेदनसहित दुई बटा दस्तावेज पेश गरेका थिए । भेलाले संसदीय प्रणालीबाट जनवादी सत्ता स्थापना असम्भव भएको भन्दै जनविद्रोहको विकल्प नभएको निष्कर्ष निकालेको छ । एक नेताले भने-‘यसबारे पार्टीमा एक पटक छलफल चलाउँछौं । त्यो सुरुवाइ भएन भने आफ्नो ढंगले अघि बढ्छौं ।’ सुरुमा प्रचारात्मक आन्दोलन गर्ने र विद्रोहमा जाने विप्लवको तयारी छ । भेलाअघि नै विप्वपले आन्दोलनको सुरुवात भ्रष्टाचारीहरुलाई कारबाही गरेर सुरु गर्ने बताएका थिए । माओवादी आन्दोलन संकटमा पारेको भन्दै विप्लवले उपलब्धि रक्षाका लागि नेतृत्व लिन तयार रहेको समेत बताएका छन् । भेलाले सविधानसभा भंग गरी अधिकारसम्पन्न गोलमेच सभाका लागि दबाव दिने निर्णय पनि गरेको छ । नेताहरुसँगको भेलापछि विप्लवले शुक्रबार आफू पक्षीय सल्लाहकारहरुसँग छलफल गरेका छन् ।