
समुद्रको पानीमुनि माछा पौडिएको हेर्दै सुत्ने चाहना कसको हुँदैन र ?
यहीँ चाहनालाई मूर्तरुप दिँदै अपि|का महादेशको तान्जानियामा समुद्रमुनिको होटल संचालनमा आएको छ । अपि|mकाको पहिलो अण्डरवाटर होटल तान्जानियाको जंजिबारस्थित दुर्गम पेम्बा टापु क्षेत्रमा खुलेको हो । तिनतले यो होटलको भान्साकोठा तथा उपल्लो तला पानी माथि भएपनि सुत्नेकोठा भने पूरै पानी मुनि डुबेको छ । त्यसैले बेडरुममा मज्जाले सुतेर सिसायुक्त झ्यालबाट सामुदि्रक जिवनको विहंगम दृश्य अवलोकन गर्न सकिन्छ । दी मन्टा रिसोर्ट नाम दिइएको यो होटेलको तल्लो तला समुद्रको ४ मिटर तलसम्म डुबेको छ । यो होटलमा एक रात बिताउनका लागि ९ सय डलर तिर्नुपर्छ ।
