८ बर्षसम्म नेपाली चलचित्र र अभिनयबाट टाढा रहेकी कलाकार पल्लवी भट्ट पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अलबिदा’को एक आइटम गीतमा देखिएकी छिन् ।
हसनराजा खानको निर्माणमा तयार भएको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, हसनराजा खान, अनिता आचार्य लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको ‘हुन्छु कि म बदनाम’बोलको आइटम गीतमा पल्लवीलाई आर्यन र हसनले साथ दिएका छन् । रोहन नेपालीको नृत्य निर्देशन रहेको गीतमा मनिषा पोख्रेलको स्वर, ताराप्रकाश लिम्बुको संगीत, नरेश भट्टराइको शब्द छ ।
चलचित्रमा आर्यन सिग्देल एक्सन अवतारमा देखिएका छन् । हिन्दु र मुस्लिम यूवा–यूवतीविचको कथालाई चलचित्रले देखाउन खोजेको छ ।