अर्जुनसँग दोस्ती बढाउँदै सुजैन ऋतिकसँग डिभोर्सपछि



ऋतिक रोसनसँग कानुनीरुपमै सम्बन्ध बिच्छेद भएपछि सुजैन खानले अर्का बलिउड नायक अर्जुन रामपालसँग दोस्ती बढाइरहेको खवर सार्वजनिक भएका छन् । जुम टीभीले सुत्रलाई उदृत गर्दै बताएअनुसार आजभोली सुजैन र अर्जुन मित्रता निकै गहिरिदै गएको छ । उनीहरुले हालै सँगै बिदेशयात्रा पनि गरेको स्रोतको हवाला दिँदै टीभीले बताएको छ । ऋतिकसँग सम्बन्ध बिच्छेदमा अर्जुनको भूमिका रहेको भन्दै अघिल्लै बर्ष भारतीय संचारमाध्यमहरुले टिप्पणी गर्न थालेका थिए । पछिल्ला दिनहरुमा सुजैन र अर्जुनलाई सँगै देख्न थालिएपछि यो टिप्पणीमा बल पुगेको छ । तर, अर्जुन रामपालले भने मिडियाको यस्तो टिप्पणीप्रति आक्रोश पोखेका छन् । हालै ट्वीटरमा उनले मिडियालाई सम्बेदनशील भएर लेख्न आग्रह गरेका छन् ।