चिकित्सक चकित एउटै शरीरमा महिला र पुरुषको प्रजनन अंग,


जयपुरस्थित सवाई मानसिंह अस्पतालमा एक बिरामीलाई जाँच्ने क्रममा डाक्टरहरु समेत अचम्मित भएका छन् । अस्पतालको शल्यक्रिया विभागमा एक युवको परिक्षणको दौरान डाक्टरले युवक बाहिरबाट पुरुष भएपनि आन्तरिक रुपमा महिला भएको पत्ता लगाए । डाक्टरहरुका अनुसार चिकित्सा जर्नलमा संसारभरि अहिलेसम्म यस्तो चारवटा घटना मात्र पत्ता लागेको छ । शल्यक्रिया विभागको युनिट–५ मा डा. प्रभा ओमको निर्देशनमा यी युवकको उपचार भइरहेको थियो । डाक्टर ओमका अनुसार यौन अंगमा समस्याका कारण ती १८ वर्षीय युवक अस्पतालमा आएका थिए । उपचारको क्रममा उनको शरिर भित्र स्त्री यौन अंग, पाठेघर, अण्डाशय र फ्यालोपिन ट्युब भएको पत्ता लाग्यो । डाक्टरका अनुसार स्त्री यौन अंग भित्रमात्र सिमित थियो । युवकको शरिर भित्र रहेको यी सबै अंगहरुलाई शल्यक्रियामार्फत सफलतापूर्वक बाहिर निकालिएको छ भने अब ती युवक सामान्य जीवन बाँच्न सक्छन् तर उनले बच्चा भने जन्माउन सक्दैनन् । चिकित्सा विज्ञानमा यसलाई परसिस्टेन्ट म्यूलेरियन डक्ट सिन्ड्रोम नामांकरण गरिएको छ । यो निकै दुर्लभ रोग हो । चार वर्ष पहिले दिल्लीको एम्समा यस्तै रोग पत्ता लागेको थियो । यो पुरुषहरुमा मात्र देखा पर्ने रोग हो ।