एजेन्सी – ब्राजिललाई विश्वमै मोडलहरुको राजधानी मानिन्छ । हुन पनि चल्तीमा रहेका र सेक्सी छवि बनाएका मोडको क्रेजको कुनै सीमा नै हुँदैन । त्यसैले मोडलहरु आफ्नो शारीरिक सुन्दरताका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन् । सुन्दर र आकर्षक देखिनु उनीहरुको पहिलो चाहना हुन्छ । यस्तै चाहनाले ब्राजिलकी सुपरमोडल एन्ड्रेसा उराजको अस्पताल बास हुन पुगेको छ ।
सन् २०१२ मा मिस बुमबुममा दोस्रो स्थान हासिल गरेपछि ब्राजिलको रंगिन संसारमा छाएकी उनी टेलिभिजन रियालिटी स्टारका साथै सफल महिला व्यवसायी पनि हुन् । २७ वर्षिया एन्ड्रेसा जनि सुन्दर र सेक्सी छिन्,त्यसमा अझ निखार ल्याउन प्लाष्टिक सर्जरी गर्ने क्रममा सर्जरी विग्रेपछि उनी अस्पताल भर्ना भएकी हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।